☰ open Loading... 5 February 2025|  

थप १५ जनामा कोरोना संक्रमण
  | १६ बैशाख २०७९, शुक्रबार ०५:२४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८७५ परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।बिहीबार कोरोनाको संक्रमणबाट १८ जना मुक्त भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।