☰ open Loading... 26 November 2024|  

हराएको १० तोला सुन र नगद प्रहरीले पीडितलाई बुझायो
  | २३ बैशाख २०७९, शुक्रबार ०५:०७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हराएको सुन र नगद रुपैयाँ फेला पारी पीडितलाई बुझाएको छ । कालिकोट सान्नी त्रिवेणी गाउँपालिका ४ बस्ने जया कुमारी देवकोटाको १० तोला सुन र नौं हजार रुपैयाँ प्रहरीले बुझाएको हो ।

पीडित देवकोटा मंगलबार कालिकोटबाट सुर्खेत आएर यरिचोकमा अटो चढ्ने क्रममा सुन र नगद पैसा सहितको झोला अटोमा छुटेको थियो । उनले अटोमै सामान छुटेकाले आवश्यक खोजि गरिदिन प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरी सहायक हवल्दार विमल घर्तीको टोलीले तातापानीबाट सामान फेला पारी बरामद गरेको हो ।

वीरेन्द्रनगर ३ तापानीस्थित हरिडि भुमि नजिकै दैलेख नौमुले घर भएका कविराज सुनारको कोठाबाट सुन र पैसा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।