काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले सपथ लिएर कार्यभार सम्हालेका छन् ।नगर प्रमुख विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराउनुभयो ।
सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई, २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । कार्यभार सम्हाले लगत्तै उहाँले सामाजिक भत्ता वडा कार्यालयबाटै बैकिंग प्रणालीमार्फत् उपलब्ध गराउने, अपाङ्गतामैत्री कार्यालय भवन बनाउने, दैनिक निस्कने फोहर वर्गीकरण गरी नगरपालिकाबाट खटिने सरसफाईकर्मीलाई उपलब्ध गराउन प्रेरित गर्ने रहेका छन् ।
त्यसैगरी प्रावि तहमा स्थानीय भाषामा पठनपाठनको सुरुवात गर्न स्थानीय पाठ्यक्रम निर्माण गरि कार्यान्वयन र नगरभित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाई कार्यलाई तत्कालै कार्यान्वयनमा ल्याइने निर्णय गरिएको छ ।