| १० जेष्ठ २०७९, मंगलवार ०५:११
चितवनः भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । ११ हजार १७३ मत गणना गर्न बाँकी हुँदा नै दाहाल विजयी बनेकी हुन् । भरतपुरमा कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ ।
जसमा रेनुले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११ हजार ४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् ।