☰ open Loading... 3 May 2024|  

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दैलेखमा प्रदर्शन
  | १० जेष्ठ २०७९, मंगलवार १७:५८

दैलेख । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा राष्ट्रिय युवा संघ दैलेख र अनेरास्ववियुले दैलेखले आज दैलेख सदरमुकाममा प्रदर्शन गरेको छ। देशमा सरकारले खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाउन थालेको भन्दै राष्ट्रिय युवा संघ दैलेख रअनेरास्ववियुले दैलेखले विरोध गरेको हो ।

तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने राष्ट्रिय युवा संघ दैलेखका जिल्ला अध्यक्ष जिवन शाही बताए । सरकारले पेट्रोलियम पदार्थको मूल्य बद्धि गरेको र दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि अप्रत्यासित बृद्धि भएको भन्दै महङ्गीले सर्वसाधारण जनता मारमा परेकोले फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गर्नु परेको अध्यक्ष शाहीले जानकारी दिए ।

पेट्रोलको मूल्य १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ ।त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।