☰ open Loading... 5 February 2025|  

नमुना झोलुङ्गे पुल निर्माणसम्बन्धी तालिम
  | १४ जेष्ठ २०७९, शनिबार १९:०६

 

दैलेख- दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी तालिम दिईएको छ । पुर्वाधार बिकाश कार्यालय दैलेखको आयोजनामा  दैलेखका ९स्थानिय तहका४८जना उपभोक्तालाई उक्त तालिम प्रदान गरिए हो ।

ग्रामिण विकास सेवा केन्द्र दैलेखको साझेदारी तथा हुरन्डेक ईन ज्वाईन्ट भेन्चर वीथ सेवक जेभी नेपाल र टिस्वीस्यसस्यू हेल्भेटास कर्णालि प्रदेश सुर्खेतको सहयोगमा पुर्वाधार विकास कार्यालय दैलेख मार्फत जिल्लामा १२ वटा झोलुङ्गे पुल निर्माण गरिने पुर्वाधार विकास कार्यालय दैलेखका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिए ।

निमित्त प्रमुख सिंहका अनुसार आर्थिक बर्ष २०७९/८० भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने झोलुङ्गे पुल निर्माणका लागि जेठ ७ गतेदेखी १४ गतेसम्म ८ दिने तालिम प्रदान गरिएको हो ।तालिम संगै जनशक्ती उत्पादन काममा थप सहज हुने उदेश्यले उनिहरु बाटै पुल निर्माण गरिएको उनले बताए ।

आर्थिक बर्ष २०७९र८० मा निर्माण हुन लागेका जिल्लाका १२ वटा झोलुङ्गे पुल निर्माणका लागि१२ वटै उपभोक्ता समिती गठन भईसकेको र सोही उपभोक्ता समितीका पदाधिकारी २/२ जना तथा प्रत्येक पुल निर्माण आयोजनाका २/२ जना मिस्त्री गरि ४८ जनालाई उक्त तालिम प्रदान गरिएको साझेदार सस्था ग्रामिण विकास सेवा केन्द्र दैलेखका कार्यक्रम संयोजक नविन शर्माले बताए ।
आर्थिक बर्ष २०७९र८० मा जिल्लाका आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनि नगरपालिका, ठाटिकाँध गाँउपालिका, भैरवी गाँउपालिका, नौमुले गाँउपालिका, भगवतिमाई गाँउपालिका, डुङ्गेश्वर गाँउपालिका र गुराँस गाँउपालिका र महाबू गाँउपालिकाका बिभीन्न स्थानमा गरि १२ वटा झोलुङ्गे पुल निर्माण हुने उनले बताए ।उनले भने सबैले तालिममा सिकेका कुरा ब्यवहारमा उर्तानु पर्ने र यो जस्तो व्यवहारीक तालिम जिवनमा केही नहुने बताए ।


यस्तै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले गाँउघरमा पुल निर्माण भएपछि प्रभावित क्षेत्रका स्थानीयलाई आवत जावत गर्न सहज हुने बताए ।भैतिक बिकटता सडकको पहुज नपुगेका ठाउमा स्थानियलाई आवजजावतमा गर्न सहज हुने बताए । उनले भने कामको गुणस्तरिय हुर्नेपर्ने जोड दिए । खोलामा पुल निर्माण हुने भएपछि प्रभावित क्षेत्रका स्थानीयलाई आवतजावत गर्न सहज हुने स्थानियको भनाई छ ।