काठमाडौं । सरकारले जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।
प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन ।
उनले भन्नुभयो, ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम भएकाले प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरू उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफ्नो आसन गरिसक्न हुन अनुरोध गर्दछु ।’
यसअघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८र०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७र०७८ को यथार्थ र आर्थिक वर्ष २०७८र०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गर्नु भएको थियो ।प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते अपरान्ह ६ बजेका लागि बोलाइएको छ ।