| १५ जेष्ठ २०७९, आईतवार ०५:३१
दाङः दाङमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पड्किँदा लमही नगरपालिका–१, गौराह वसन्तपुर बस्ने २३ वर्षीय कालुराम घर्तीमगरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै अन्य ८ जना पनि सिकार खेल्न गएका थिए । आठै जनालाई प्रहरीले पक्राउ गरेको छ ।सँगै गएका ४२ वर्षीय बुद्धिराम घर्तीमगरले बोकेको भरुवा बन्दुक एक्कासि पड्किँदा कालुरामको घाँटीमा छर्रा लागेर मृत्यु भएको सूचनापछि प्रहरी टोली खटिएको थियो ।
प्रहरीले कालुरामसँगै गएका आठजनालाई चारथान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।