☰ open Loading... 5 February 2025|  

हत्या आरोपमा ३ जना पक्राउ
  | १७ जेष्ठ २०७९, मंगलवार २०:०५

काठमाडौंः हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर बाग्मती गाउँपालिका फापरबारी कान्छामान ठोकर, दीपक वाइबा र ललितपुरको गोदावरी नगरपालिका ६ स्थित लेले घर भएकी गायत्री नगरकोटी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

दुई साता पहिले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ स्थित बराम्चे घर भएका ३५ वर्षीय जीवन भन्ने कान्छा लामा तामाङको हत्या आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार गत वैशाख २८ गते काठमाडौंको नयाँबजार विष्णुमती पुल नजिकको ‘बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा’ परिसर भित्र रहेको भवनको कोठामा कान्छा लामा तामाङको हत्या भएको खुलेको छ ।

 

अभियुक्तहरुले टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आको कोइरालाको भनाइ छ । हत्या पश्चात शवलाई उनीहरुले विष्णुमती खोलामा फालेकामा जेठ ५ गते दक्षिणकालीको पावर हाउस नजिक बाग्मती नदी किनारमा भेटिएको थियो ।