☰ open Loading... 26 January 2025|  

दैलेखमा सामुदायिक वन दिवस मनाइयो
  | १९ जेष्ठ २०७९, बिहीबार ११:०७

सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ दैलेखले २७र्औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको उपलक्ष्यमा सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ दैलेखलले गरेको जिल्ला समन्वयका प्रतिनिधी , सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष तथा पदाधिकारीहरु र अन्य बन तथा वातावरण क्षेत्रसँग सम्वन्धित व्यक्त्तीहरुको उपस्थिती रहेको थियो ।

No description available.

 

कार्यक्रममा बोल्दै सामुदायिक वनको मर्म राज्यले बुझ्न नसक्दा स्थानीय उपभोक्ता र सरोकार निकाय बीच बारम्बार समस्या आउने गरेको सामुदायिक वन उपभोक्ता महासंघ दैलेखका अध्यक्ष मायाराम रेग्मीले गुनासो गरे ।उनले भने अबका दिनमा स्थानीय सरकारसँगको समन्वयमा सामुदायिक वनका हरेक गतिविधि संचालन गरेर जानु पर्ने बताए ।