☰ open Loading... 17 November 2024|  

स्वास्थ्य क्षेत्रको अवस्था र भावी कार्यदिशाबारे छलफल
  | २२ जेष्ठ २०७९, आईतवार २१:२५

दैलेख –नारायण नगरपालिका दैलेखले आर्थिक बर्ष ८९र८०को स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तजुमा पुर्व तयारी लागी बैठक संञ्चालन गरेको छ। स्वास्थ्य क्षेत्रको हालसम्मको प्रगति स्थितिका सम्बन्धमा छलफल गर्न, स्वास्थ्य क्षेत्रको दीर्घकालीन सोच र कार्यन्वयनको लागी छलफल गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखका सह -संयोजक लाल बहादुर खड्काले बताए।

नारायण नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको कार्यक्रममा स्वास्थ्यका लागी सक्षम प्रणालीको प्रबाधिक सहयोगमा संञ्चालित कार्यक्रममा ७८र८९मा स्वास्थ्य क्षेत्रमा भएका गतिबिधी ,स्वास्थ्य क्षेत्रको न्यूनतम मापदण्ड अनुगमनको बारेमा जानकारी गराएको स्वास्थ्य शाखा सह- संयोजक खड्काले जानकारी दिए।

कार्यक्रम सहजिकरण नारायण नगरपालिका दैलेखका प्रमुख प्रसासकिय अधिकृत भक्त बहादुर मल्ल, स्वास्थ्य शाखाका सह संयोजक लाल बहादुर खड्का र स्वास्थ्यका लागी सक्षम प्रणालीका राजु जोशीले गरेका थिए।

कार्यक्रममा ७८र८९मा स्वास्थ्य क्षेत्रमा भएका गतिबिधी ,स्वास्थ्य क्षेत्रको न्यूनतम मापदण्ड अनुगमनको बारेमा जानकारी गराएको थियो ।

यस्तै कार्यक्रममा नारायण नगरपालिका दैलेखका मेयर लोमन शर्माले गुणस्तर स्वास्थ्य सेवा प्रभावकारी बनाउन सबैको सहयोग हुनुपर्ने बताए। उनले भने आगमी दिनमा स्वास्थ्य क्षेत्रमा नयाँ योजनामा समेत समेट्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।कार्यक्रममा२२जना पत्रकार२८जना स्वास्थ्यकर्मीे लगायत जनप्रतिनिधीको सहभागिता रहेको थियो ।