☰ open Loading... 18 April 2024|  

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
  | २३ जेष्ठ २०७९, सोमबार २०:१०

 

यामराज बिष्ट 
दैलेख –विश्व वातावरण दिवसको अवसरमा दैलखमा वृक्षारोपण गरिएको छ ।एनएमबी बैंक दैलेखले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको हो।बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा वातावरण दिवसको अवसरमा नारायण नगरपालिका वडा नं६मा काँडाचौर नयागाउ को सामुदायिक बन भित्र पर्ने बनमा वृक्षारोपण गरेको एनएमबी बैंक दैलेखका शाखा प्रवर्धक बिजय जोशिले बताए ।

नारायण नगरपालिका ६मा काडेचउर नजिकै रहेको डाडालाई हराबरा बनाउने उदेश्यका साथ वनमा वृक्षारोपण गर्ने कार्य सुरु गरेको एनएमबी बैंकका शाखा प्रवर्धक जोशीले जानकारी दिए।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले एक बोट लगाउँदै अब सबैमा यस्तो भावना जागृत हुनु आवश्यक रहेको बताए।रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा सबैले ध्यान दिनु आवश्यक रहेको उनले बताए ।काँडाचौउर डाडालाई सुन्दरताको लागि सबै बैङ्कहरूले तारबार सहित को बृक्षारोपण गरी सुन्दरता बढाउनको लागि मैले भनेको छु।बृक्षारोपण गरेर मात्र हुँदैन संरक्षणलाई बढि बढावा दिनुपर्ने उनले भने ।