☰ open Loading... 2 May 2024|  

कांग्रेस उपसभापति नै बने बागी उम्मेदवार, दैलेख जिससमा गठबन्धनलाई चुनौती
  | २३ जेष्ठ २०७९, सोमबार २०:१८

जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका जिल्ला उपसभापति नमराज शाहीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

११ पालिका रहेको दैलेखमा सत्तारुढ गठबन्धनबाट कांग्रेसले समन्वय प्रमुखको पद पाउने सहमति भएको थियो । सोही सहमति अनुसार कांग्रेसले आधिकारिक उम्मेदवारको रूपमा नेपाल महिला संघ दैलेखकी सचिव दुर्गा श्रेष्ठलाई मनोनयन दर्ता गर्न पठाएको थियो ।

नेकपा एमालेले गठबन्धन दल एकातिर भएका कारण समन्वय प्रमुखमा उम्मेदवारी भने दिएको छैन । एमालेले उम्मेदवारी नदिएसँगै कांग्रेसका बागी उम्मेदवार नमराज शाहीले उम्मेदवारी दिएका हुन ।

११ पालिकाका २२ मतदातामध्ये नेकपा एमालेसँग १० मत रहेको छ । यस्तै, नेकपा माओवादीसँग दुई मत र समाजवादी एक रहेको छ भने कांग्रेससँग पनि ९ मत रहेको छ ।

मुख्य मतदान अधिकृतको कार्यालय दैलेखका मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले कांग्रेसबाट प्रमुखमा आधिकारिक उम्मेदवारको रूपमा दुर्गा कुमारी श्रेष्ठ र स्वतन्त्रबाट नमराज शाहीले मनोनयन दर्ता गराएको बताए ।उनका अनुसार जिससको निर्वाचन जेठ २६ गते हुने भएको हो ।