☰ open Loading... 20 January 2025|  

जाजरकोट जिल्ला समन्वय समितिमा खत्री निर्विरोध
  | २६ जेष्ठ २०७९, बिहीबार ०५:२२

जाजरकोट — जिल्ला समन्वय समिति जाजरकोटको बुधबार सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट समन्वय प्रमुखमा नेपाली कांग्रेसका कालिबहादुर खत्री निर्विरोध भएका छन् ।

 

 

समन्वय उप–प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह एमालेका गौरी कार्कीलाई पराजित गर्दै विजयी भएका छन् ।समन्वय समितिका सदस्यहरुमा नेपाली कांग्रेसका खड्क बहादुर बुढा, चित्रप्रसाद शर्मा, जितबहादुर रोकाया, विन्दु शाही, पानसरा सिंह र माओवादी केन्द्रको तर्फबाट नन्दकला बि. क निर्वाचित भए ।विनिता माओवादी केन्द्रको तर्फबाट विनिता नेपाली निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।