☰ open Loading... 2 May 2024|  

दैलेख जिससमा प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमाले विजयी
  | २६ जेष्ठ २०७९, बिहीबार १७:१६

दैलेख ।जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार नमराज शाही विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा प्रमुखमा शाही र उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भएका हुन् ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् ।उनले निर्वाचन आयोगबाट खरायो चिन्ह प्राप्त गरेका थिए ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ ९ मतमा रोकिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत मात्र प्राप्त गरिन्।
यस्तै जिल्ला समन्वय समितिको ३ जना महिला सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकीलाकुमारी खड्का र पुर्णा विक निर्वाचित भएका छन् ।लित वा अल्पसंख्यक सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी नेकपा माओवादी केन्द्रकी तुल्छा विक निर्वाचित भएकी छन् ।

यस्तै अन्य ३ जना सदस्यमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका अङ्गबहादुर शाही र नेकपा माओवादी केन्द्रका फत्तबहादुर डाँगी विजयी भएका छन् । अन्य सदस्यमै स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही विजयी भएका छन् । ११ वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी २२ जनाले मतदाता थिए ।जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र समाजवादीका १ जना मतदाताले मतदान गरेका थिए ।स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समितिको गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीबार निर्वाचन सम्पन्न भएको हो ।