☰ open Loading... 2 May 2024|  

औद्योगिक प्रयोजनका लागि सुपारी र केराउ आयातमा सजिलै डलर पाइने
  | २७ जेष्ठ २०७९, शुक्रबार ०५:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ र ड्राइ फु्ड्स आयातका लागि डलर सटही सुविधा सहजै उपलब्ध गराउने भएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोेधन गर्दै सो व्यवस्था लागु गरेको हो । नयाँ व्यवस्था अनुुसार सुपारी, केराउजस्ता वस्तु उद्योगको कच्चा पदार्थ रहेकोले उद्योग आफैले आयात गरेका आधारमा बैंकहरुले सटही सुविधा दिन सक्नेछन् । यसअघि गत फागुन २६ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै औद्योगिक प्रयोेजनका लागि उद्योग विभागको सिफारिस र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमतिका आधारमा सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने व्यवस्था लागु गरिएको थियो ।

 

उद्योगहरुले आफ्नै प्रयोजनका लागि उद्योग स्वयंम्ले आयात गर्ने गरी राष्ट्र बैंकले डलर सटहीको अनुमति दिएको हो । राष्ट्र बैंकले चार प्रकारको हार्मोनिक कोड भएका वस्तुको आयातमा डलर सटही सहजीकरण गरिदिन बैंकहरुलाई दिर्नेशन दिएको हो । राष्ट्र बैंकले ०७१३.१०.००, ०८०२.८०.००, ०८०२.९०.०० र ०९०४.११.०० हार्मोनिक कोड भएका वस्तुहरु औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योगले आफै आयात गर्नसक्ने भन्दै सोही व्यवस्थाको अधिनमा रही विदेशी मुद्राको सटही सुविधा प्रधान गर्न बैंकहरुलाई भनेको हो ।

 

विदेशी मुद्राको सञ्चिती घटेको भन्दै सरकारले सुपारी, केराउ, मरिच, छोकडा, महँगा गाडी, टेलिभिजन, मोबाइल फोन, रक्सी तथा चुरोट जस्ता वस्तुको आयातमा रोक लगाएको थियो । तर सिमित व्यापारीको स्वार्थमा सरकारले सुपारी, केराउ जस्ता वस्तुको आयातमा कोटा तोकि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । सरकारले उक्त निर्णयले सिमित व्यापारीलाई मात्र फाइदा पुगेको भन्दै उद्योगले मागेजति सुपारी तथा केराउको आयात अनुमति दिन व्यवसायीले माग राख्दै आएका थिए । यसअघि समेत सरकारले पटक÷पटक सूचना जारी गर्दै सुपारी, केराउ, मरिच लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ ।