☰ open Loading... 2 May 2024|  

नापतौल सम्बन्धी शिबिर संचालन
  | २७ जेष्ठ २०७९, शुक्रबार ०६:१२

 

यामराज बिष्ट
दैलेख- दैलेखमा नापतौल सम्बन्धी शिबिर सम्पन्न भएको छ । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतको आयोजनामा दैलेखमा २ दिने शिविर बुधबार देखि सुरु भएको हो ।दैलेख उद्योग बाणिज्य संघ संगको सहकार्यमा नापतौल सम्बन्धी सेवा दिन शिबिर आयोजना गरिएको गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका नित्तित कार्यालय प्रमुख टोपेन्द्र विकेले बताए ।उनले भने निजी र सरकारी क्षेत्रबाट भई आउने अनुरोध अनुसार विभिन्न पदार्थको परीक्षण पनि विभागले गर्ने गर्छ । ‘स्थानिय स्तरमै सेवा दिने उद्देश्यले नविकरणको काम र नयाँ अनुमति पनि वितरण गरिरहेका छौ’ उनले भने ‘ढक काटा, लिटर, मिटरको जाँच गरेर, जाँचको प्रमाणपत्र पनि दिईरहेका छौ ।’

यस्तै कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले दैलेखमै गुणस्तर तथा नापतौलको शिविर संचालन हुँदा नापतौलका सामान जाँच गराउँन सहज भएको बताए । ‘ढक तराजु बोकेर जाँच गराउन सुर्खेते जानुपर्ने बाद्यता थियो’ उनले भने ‘शिबिर संचालन हुँदा व्यवसायिहरुको समय र पैसाको बचत भएको छ ।’

दैलेख उद्योग बाणिज्य संघको समन्यमा शिबिर संचालन गरिएपछि नापतौलका ठुला सामान बोकेर सुर्खेत जानुपर्ने बाद्यता हटेको दैलेख उद्योग बाणिज्य संघका महासचिब प्रकाश पौडेलले बताए । स्थानिय स्तरमै सेवा दिने उद्देश्यले शिबिर संचालन गरेको आगमी दिनमा पनि व्यवसायिहरुको सहजताको लागी शिबिर संचालन गरिने महासचिब पौडेलले जानकारी दिए ।