| २ असार २०७९, बिहीबार ०५:२१
किशोरी बलात्कारको आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य मोहन केसी पक्राउ परेका छन् । रोल्पाको माडी – १ की एक किशोरीलाइ करणी गरेको भन्ने सूचना स्थानीयले दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केसीलाई अनुसन्धानको लागि सोमबार राती पक्राउ गरेको इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । पक्राउ परेका वडा सदस्य नेपाली कंग्रेसबाट निर्वाचित बनेका हुन् । अनुसन्धानको लागि उनी इलाका प्रहरी कार्यालय घर्तिगाउँको हिरासतमा छन् ।