☰ open Loading... 5 February 2025|  

ठेकेदारको लापरबाहीले बन्यो बाङ्गो नाली
  | ३ असार २०७९, शुक्रबार ०५:१०

सुर्खेतस्थित दैलेखी रोडमा निर्माणधीन नाली बाङ्गो देखिएको छ। निर्माणका क्रममा सेटिङ्ग नमिल्दा नाली मापदण्डअनुसार नबनेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन्।

सडक डिभिजन कार्यालय सुर्खेतले सुर्खेत–दैलेख सडक खण्ड अन्तर्गत सुर्खेतस्थित जिरो प्वाईन्टमा बनाईन लागिएको नाली बाङ्गो बनाईएको हो। हेर्दा नाली असहज रुपमा बाङ्गो देखिएको वीरेन्द्रनगरका स्थानीय अगुवा गोविन्द कोईरालाले बताए। उक्त नालीको काम नाङजीला एण्ड आंकाक्षा कन्ट्रक्सनले गरेको हो।

नालीसहित सडक चौडा र कालोपत्रेको काम नाङजीला एण्ड आंकाक्षा कन्ट्रक्सनले ठेक्का पाएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाईएको छ। ४ सय मिटर लम्वाई र १४ मिटर कालोपत्रे गर्ने गरि निर्माण कम्पनीले भ्याट सहित ४ करोडमा ठेक्का कवोल गरेको हो। नाली बाङगो भएको पाईए सुधान गर्न लगाईने सडक डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर तुलाराम शर्माले बताए।