☰ open Loading... 5 February 2025|  

औषधि ब्यवसायी संघद्वारा फलफुल वितरण
  | ११ असार २०७९, शनिबार ०५:४१

 

दैलेख- नेपाल औषधि ब्यवसायी संघ जिल्ला शाखा दैलेखले स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।स्थापना दिवसको अवसरपारेर जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई ब्यवसायी संघले फलफुल वितरण गरेको हो ।विरामी कक्षमै पुगेर स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाल औषधि ब्यवसायी संघका महासचिबअमृत बहादुर प्याकुरेलले बताए ।

May be an image of 3 people, hospital and indoor

 

यस्तै कार्यक्रममा जिल्ला अस्पताल दैलेखका प्रमुख थिर प्रसाद रेग्मी अस्पताल सम्म आएर बिरामीलाई फलफुल उपलब्ध गराएकोमा नेपाल औषधि ब्यवसायी संघ परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।