☰ open Loading... 17 May 2024|  

नारायण नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
  | ११ असार २०७९, शनिबार ०६:०५

 

दैलेख- दैलेखको नारायण नगरपालिकाले १०औं महावेशनबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगरपालिकाकी उपप्रमुख तप्ता कुमारी थापाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।उनले विकास निर्माणमा हातेमालो गर्ने खालका कार्यक्रम ल्याइएको भन्दै समृद्ध नगरपालिका र सुखी नगरवासी वनाउन प्रतिवद्ध रहेको बताईन् ।

 

नगरपालिकाले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, सिपमुलक तालिम कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखि  योजना बनाएको नगरपालिकाका मेयर लोमन शर्माले बताए।विपन्न, जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने,दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिने उनले जानकारी दिए ।

 

उत्कृष्ट कर्मचारी सम्मानीत

नारायण नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा नगरपालिकामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ । सम्मान हुनेहरुमा स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र हमाल, सुचना प्रविधि अधिकृत प्रकाश कुमार बुढा,मोहन कुमार थापा,नेत्र बहादुर बस्नेत,पुर्ण प्रसाद कोइराला,प्रेम प्रसाद उपाध्याय,विष्णु कुमारी खड्का,राजीव भारती ,सवारी चालक दुई जना, शिक्षक दुई जना र एक कार्यालय सहयोगी रहेको बताइएको छ ।