| २१ असार २०७९, मंगलवार ०५:१८
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले नयाँ मूल्य सार्वजनिक गरेको हो ।
पेट्रोलमा २ रुपैयाँ, डिजेल/मट्टितेलमा ९ रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । एलपी ग्याँसमा भने साविककै मूल्य रहने निगमले जनाएको छ ।
मूल्य वृद्धि सँगै अब पेट्रोलको १ सय ८१, डिजेल/मट्टितेलको १ सय ७२ र हवाई इन्धन आन्तरिकतर्फ १ सय ९० हुने निगमले विज्ञप्तिमार्फत बताएको छ ।
नयाँ मूल्य समायोजन पश्चात पनि असार २४ गतेसम्म निगमलाई ३० अर्ब घाटा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।