☰ open Loading... 23 December 2024|  

नारायण नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा
  | २३ असार २०७९, बिहीबार ०५:१८

नारायण नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

 

यामराज बिष्ट दैलेख । दैलेखको नारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त नगरपालिका सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिकास्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्वका विषयमा जानकारी गराइएको थियो ।

 

राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक लाल बहादुर खड्काले बताए ।

जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोगविरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा पूर्ण खोप सुनिश्चितता पालिका बनेको उनले जानकारी दिए ।

 

सबै वडामा रहेका बालबालिकाहरुको खोजी गरी खोपको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाईसमेत खोपको पहुँचमा पुर्‍याई उनीहरुले सबै खालका खोप लगाइएको नगर प्रमुख लोमन शर्माले जानकारी दिए । जनताको इच्छा र चाहाना अनुसार नगरले काम गर्नेसमेत उनले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नारायण नगरपालिकाकी उपप्रमुख तप्ता कुमारी थापा, स्वास्थ्य सेवा कार्यालयका प्रमुख थिर प्रसाद रेग्मी, नारायण नगरपालिका स्वास्थ्य शाखाका संयोजक नग्रेन्द्र बहादुर हमाल, वडा अध्यक्षहरु, समाजसेवी, नागरिक समाज, युवा, महिला स्वयमसेविका, पत्रकार लगायतको सहभागिता रहेको थियो ।