जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिकामा विवाद समाधानमा न्यायिक समितिकाे भुमिका सम्बन्धि दुई दिने तालिम सुरु भएकाे छ।
संविधानकाे धारा २१७ बमाेजिम पालिकामा तयार भएकाे न्यायिक समितिलाई विवाद समाधानमा क्षेत्राधिकार र कर्तव्यका विषयमा सुचित बनाउन दुई दिने तालिमकाे आयाेजना गरिएकाे ताताेपानि गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए ।
स्थानीय स्तरमा उत्पन्न विवाद र मनमुटाव लाई नागरिकको नजिकैको सरकार स्थानीय तहमै समाधान गर्न सके नागरिकले छिटाे छरिताे न्याय पाउने हुँदा तालिम उपलब्धिमुलक हुने आशा गरिएकाे अध्यक्ष चाैंलागाईले बताए।
खर्चिलाे र झन्झटिलो न्याय प्रणाली बाट सास्ती पाइरहेका नागरिकलाई स्थानीय स्तर बाट संविधानले व्यवस्था गरेबमोजिमका विवाद निरुपण हुनु नागरिकका लागि खुसिकाे कुरा भएकाे तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।
तालिममा गाउँघरका बुद्धिजीवी, युवा, बालबालिका, महिला प्रतिनिधि सहभागी भएका छन्। सहभागीकाे सहयाेगले तालिम लगतै बस्ती बस्तीमा मनमुटाव, हिंसा लगाएतका विषयमा पिडितले न्याय पाउने वातावरण सिर्जना हुने विश्वास गरिएकाे तातोपानी गाउँपालिकाकि उपाध्यक्ष एवम् न्यायिक समिति संयाेजक रेवती रावलले बताइन।
न्यायिक समितिले न्याय निरुपण गर्दा पार गर्नुपर्ने चरण हरु र ख्याल गर्नुपर्ने कुरा तालिम अवधिमा सहभागिलाई सुचित गरिने प्रशिक्षक मेघराज न्याैपानेले बताए। न्यायिक समितिले विवाद समाधान गर्ने क्रममा कुनैपनि भेदभाव राख्न नहुने प्रशिक्षक न्याैपानेले बताए।