यामराज बिष्ट दैलेख । दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच स्वास्थ्य सेवा कार्यालय दैलेखले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
बालबालिकाले पाउनुपर्ने सबै प्रकृतिका खोप पाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले बताए । दैलेख जिल्लामा हाल ५ हजार २ सय जना बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न सफल भएको उनले बताए ।
घोषणासँगै कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । पूर्ण खोप सुनिश्चितता कार्यक्रममा जिल्ला नगरपालिकाका प्रमुख तथा उपप्रमुख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार लगायत सहभागी थिए ।