☰ open Loading... 5 February 2025|  

ठाटीकाँध गाउँपालिकाले हटायो करार कर्मचारी
  | ३१ असार २०७९, शुक्रबार ०५:४६

दैलेखकाे ठाटीकाँध गाउँपालिकामा कार्यरत करार कर्मचारी हटाएको छ। गाउँपालिकाको असार २८ गतेको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो।

प्राविधिक शाखाका सव ईन्जिनियर र जिविसबाट हाजिर हुन आएका प्राविधिक कर्मचारी बाहेकका सबै कर्मचारी, पोषण शाखाका कर्मचारी, उद्यम विकास शाखा प्रमुख बाहेक सबै कर्मचारी, हलुका सवारी चालक सबै, ईलेक्ट्रिसियन कर्मचारी, सामुदाियक स्वास्थ्य एकार्य प्याडुली इन्चार्ज र ज्यालादारीमा कार्यरत सबै कर्मचारीलाई साउन १ गतेदेखि कामकाज नगर्न पत्राचार गरेको छ।

यसअघि, कालिकाेटकाे शुभकालिका गाउँपालिकाले पनि करार कर्मचारी हटाउने निर्णय गरिसकेकाे छ।