दैलेख- विश्व शिक्षाको आर्थिक सहयोग तथाअपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतको आयोजनामा दैलेखका तीस वटा प्राथमिक तहका विद्यालयका शिक्षकहरुको लागि तीन दिने तालिम नारायण नगरपालिकामा सम्पन्न भएको छ ।
१ देखी ३ कक्षा सम्मका कार्यगत सिमितता तथा अपाङ्गता कारण पढाईमा कमजोर भएका वालवालिकाहरुको पठन र भाषिक सीपमा सुधार गर्ने तथा अपाङ्गता भएका बालबालिकाहरुलाई मुलधारका कक्षा कोठामा सक्रिय सह्भागी गराइ रमाइलो तरिकाले पढाई प्रबर्धन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको अपाङ्ग सशक्त्तिकरण सुर्खेतका सिकाई नेपालमा उपलव्ध शैक्षिक सामाग्रीहरुको पहँचमा विस्तार कार्यक्रम अन्र्तगत प्रयोजनाका कार्यक्रम संयोजक खिम रेग्मीले बताए ।
नेपालमा उपलव्ध शैक्षिक सामाग्रीहरुको पहँचमा विस्तार कार्यक्रम अन्र्तगत दैलेख जिल्लाका दुईवटा श्रोत विद्यालय , डुङ्गेश्वर गाउँपालिकाका आठ वटा विद्यालय, दुल्लु नगरपालिकाका सात वटा विद्यालय र नारायण नगरपालिकाका १५ विद्यालय गरि५६ जना शिक्षकलाई सिकाईको समावेशी ढाँचा सम्बन्धी तालिम दिएको उनले बताए ।
कार्यक्रममा परियोजना सल्लाकार समितीको बैठक वोल्दै नारायण नगरपालिकाका मेयर लोमन शर्माको अगामी दिनमा यस्तो प्रकारको योजना समावेश गर्ने प्रतिवद्धता जनाए।शिक्षकहरुलाई तालिम सिकेका कुरा विद्यालमा गयर सिकाउन आग्रह गरे ।
यस्तै उप -प्रमुख तप्ताकुमारी थापा खड्काले यो तालिम सबै जनाले सिक्नु पर्ने र आगमी दिनमा नगरपालिकाले गर्न सक्ने सहयोग गर्ने बताईन् ।
तालिममा अपाङ्गताको परिचय,प्रकृति,वर्गिकरण,अपाङ्गताको कठिनाई स्तरको प्रारम्भिक पहिचान गरी बालबालिकाको आवश्यकताको आधारमा समावेशी शिक्षा तथा सिकाईको समावेशीकरण सम्बन्धी ढाँचाका सिद्धान्त र यसको प्रयोगमा शैक्षिक प्रविधि ९उच्चप्रवृधि,न्युन प्रवृधि तथा स्थानीय सामाग्रीको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलापको सैद्धान्तिक,प्रयोगात्मक तथा परियोजना कार्यमा आधारित विषयबस्तुमा सहजीकरण गरिएको थियो ।
उक्त तालिममा डुङ्गेश्वर गाँउपालिका शिक्षा शाखाकाअधिकृत मनबहादुर गौतम,दुल्लु नगरपालिकाका शिक्षा अधिकृत विकास जङ्गशाही र नारायण नगरपालिका स्थित रेडक्रस मा विका सहायक प्रधानाध्यापक रामचन्द्र रेग्मीले सहजीकरण गरेका थिए । तालिममा दैलेखका तीस वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा ,नारायण नगरपालिका दैलेखका प्रमुख प्रसासकीय अधिकृत भक्त बहादुर मल्ल लगायत बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।