☰ open Loading... 25 January 2025|  

दुर्घटना न्यूनीकरण गर्न यात्रुवाहक सवारीसाधनमा ‘टाइम कार्ड’ सिस्टम
  | ४ श्रावण २०७९, बुधबार ०५:२१

दैलेख  : दुर्घटना न्यनुीकरणका लागि दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जोड्ने सडकमा टाई कार्ड लागु गरिएको छ । तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) हरि बहादुर ओलीले २०७६ मङ्सिर २२ गतेबाट टाइम कार्डको नियम लागु गरेका थिए । उनी सरुवा भएर गएपछि अलपत्र परको टाईमकार्डको नियम सोमवार देखि पुनः कार्यान्वयनमा ल्याइएको हो ।

सोमवार कर्णाली प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री अम्मर बहादुर थापा,नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्मा, प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले संयुक्त रूपमा सवारी चालकलाई सवारी आगमन समय तालीका(टाइम कार्ड) दिएर उद्घाटन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) भुवनेश्वर प्रसाद साहले टाईमकार्डमा तोकिएको समय सीमा भन्दा अगाडी वा पछाडि गए पनि कारबाही हुने बताए । उनले हामीले किलोमिटर त्यहाँको भौगोलिक अवस्था , सडकको अवस्थाका आधारमा समय निर्धारण गरिएको र त्यस अनुसार सवारी साधनले टाईमकार्डको प्रयोग भए नभएको प्रत्यक्ष निगरानी गरिने बताए ।

जिल्ला ट्राफिक कार्यालय दैलेख निर्माण गरेको सवारी आगमन समय तालिका टाइम कार्ड अनुसार दैलेख बजार देखी माथिल्लो डुगेश्वर १६ किमी ४५ मिनेट,माथिल्लो डुंगेश्वर देखी रानिमत्ता २६ किलोमिटर १ घण्टा १५ मिनेट, रानिमत्ता देखी सुर्खेत बसपार्क,२५ किमी १ घण्टा ३० मिनेट समय तालीका निर्माण गरेको छ । दैलेखमा आर्थिक वर्ष ०७८÷०७९ मा ७२ वटा सवारी साधन दुर्घटनामा परेको, २० जनाको मृत्यु र १९६ जना घाइते भएको प्रहरीले जनाएको छ ।