| ४ श्रावण २०७९, बुधबार ०५:२६
काठमाडौंः नेपाल प्रहरीका ४०२ जना लेखापालको सरुवा भएको छ ।प्रहरीको मानवस्रोत विकास विभागले मंगलबार लेखापालहरूको सरुवा गर्ने निर्णय गरेको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा इन्स्पेक्टर दिपेन्द्र भट्ट, सिआइबीमा इन्स्पेक्टर राजेश पन्थी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा इन्स्पेक्टर कल्पना सापकोटा र प्रहरी अस्पताल महाराजगञ्जमा इन्स्पेक्टर सुरेन्द्र केसीलाई सरुवा गरिएको छ ।
सई निरु सुवेदीको जिल्ला प्रहरी परिसर ललितपुरको लेखापालमा सरुवा भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरमा वरिष्ठ सई नारायण तामाङ र जिल्ला प्रहरी परिसर काठमाडौंमा वरिष्ठ सई विष्णु थापालाई सरुवा गरिएको छ ।