☰ open Loading... 25 December 2024|  

३४ जनाले गरे रक्तदान
  | ८ श्रावण २०७९, आईतवार ०५:११

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुर वडा कार्यालयको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा महिला, पुरुष गरी ३४ जनाले रक्तदान गरेका छन् ।

 

नेपालगञ्जमा अहिले रगतको अभाव भएको समयमा वडा नं. २० का वडाध्यक्ष कौशल कुमार धोबीले रक्तदान गर्नुपर्छ ?, भन्दै प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जमा खबर गरेका थिए । शनिबार २० नं. वडा कार्यालयको आयोजनामा रक्तदान गर्ने निर्णय भएको थियो ।

 

बिजय कुमार लोनियाको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादव र वडा नं.–२० का वडाध्यक्ष कौशल कुमार धोबीले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्राविधिक उपेन्द्र रेग्मी र होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

रक्तदान कार्यक्रममा राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादव, आशा सार्की, दण्ड प्रकाश शर्मा, सुनिल यादव, विकाश यादव, राम बहादुर रावत, अँगनुराम धोबी, अमन बाबु श्रेष्ठ, प्रदिप हरिजन, निरञ्जन श्रेष्ठ, नविन कुमार थापा, सुनिता वर्मा, नारायण लोनिया, दिपेन्द्र थापा, दुर्गा बहादुर सार्की, नविन क्षेत्री, बीनाराम खडका, धन बहादुर थापा, सुनील रोका, बसन्त कुमार खटिक, मेघराज सुनार, मेघनाथ कुर्मी, श्रीप्रसाद दाहाल, अर्जुन यादव, गणेश भुजेल, बिनोद कुमार थापा, महेन्द्र थापा, बिमल कुमार वर्मा, नूरुल हसन दर्जी, बाबादीन धोबी, हसन अली, सन्तोष सिंह, नरेश बुढाथोकी, दिपक कालीदास लागायत ३४ जनाले रक्तदान गरेका छन् ।

 

सो रक्तदान कार्यक्रममा वडा नं.–२० का पदाधिकारी, कर्मचारी, एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादव लगायतको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल रत्गैया, वीरेन्द्र योगी, बैकुण्ठ रेग्मीले प्राविधिकमा सहयोग गरेका थिए । वडा नं.–२० का वडाध्यक्ष कौशल कुमार धोबीले यस्तो मानवीय कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।