| ९ श्रावण २०७९, सोमबार ०५:३८
काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।