| ११ श्रावण २०७९, बुधबार ०५:२२
सुर्खेत प्रहरीले ३७५ केजी अवैध चिनी बरामद गरेको छ। कुनै पनि बिल नभएको भन्दै अस्थायी प्रहरी पोष्ट बबईले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट उक्त चिनी बरामद गरेको हो ।
क.प्र. ०२००१ च ०३१७ नम्बरको जीप भेरीगंगा नगरपालिका ५ स्थित चेकप्वाइन्टमा चेकजाँच गर्दा २५ केजीका १५ बोरा चिनी बिल नभएको भेटिएको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।