| १६ श्रावण २०७९, सोमबार ०५:१६
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्माले शपथ लिएका हुन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए ।
संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।
शर्माले शपथ ग्रहणपछि आइतबार साँझ नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने अनुपस्थित छन् ।