☰ open Loading... 17 November 2024|  

कर्णाली , बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  | २५ श्रावण २०७९, बुधबार ०६:५३

अहिले देशका पाँच प्रदेशमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ।


बुधबार दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।राति बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।