☰ open Loading... 26 July 2024|  

नक्कली कागजात पेश गर्ने प्रहरी पक्राउ
  | ७ भाद्र २०७९, मंगलवार ०५:२६

प्रहरीले सोमबार वीरेन्द्रनगर नगरपालिका–७ यातायात व्यवस्थापन कार्यालय सुर्खेतबाट किर्ते सही र छाप लगाएर सवारी चालक अनुमती पत्र लिन आउने एक जनालाई पक्राउ गरिएको छ।

दैलेख गुरासँ गाउँपालिका–४ घर भइ सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत ३० वर्षीय प्रहरी जवान भक्तबहादुर शाही नक्कली काजगात पेश गरेर सवारी चालक अनुमती पत्र लिन लाग्दा प्रहरीले पक्राउ गरेको हो।

उनले साउन ११ गते दिएको मोटरसाइकल सवारी चालक अनुमती पत्रको परीक्षाको (लिखित र मौखिक) प्रवेश पत्रमा यातायात  व्यवस्था कार्यालय सुर्खेतका दुई जना कर्मचारीको किर्ते सही र कार्यालयको किर्ते छाप लगाइ उत्तीर्ण  (पास) भएको बनाइ सवारी चालक अनुमती पत्र लिन आएको अवस्थामा शंका भएपछि प्रहरीले केरकार गरेका थिए।

यातायात व्यवस्था कार्यालयका कर्मचारीले किर्ते सही छाप गरेको आंशका गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो। नक्कली सही र छाप लगाएर सवारी अनुमती पत्र लिन आउने भक्तबहादुर शाहीलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए।