☰ open Loading... 16 September 2024|  

थप ६३४ जनामा कोरोना संक्रमण
  | ८ भाद्र २०७९, बुधबार ०५:०९

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप एक जनाको मृत्‍यु भएको छ ।४ हजार ९ सय ४९ जनाको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

जसमध्‍ये २ हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४३ जना र २ हजार १ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय १७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।