☰ open Loading... 19 September 2024|  

प्रदेश र संघको निर्वाचन: नयाँ अनुहार आंकाक्षी
  | ८ भाद्र २०७९, बुधबार ०५:१८

आसन्न  प्रदेश सभा र प्रतिनिधि सभा संघको निर्वाचन मिति नजिकिँदै गर्दा आंकाक्षीमा धेरै नयाँ अनुहार देखिएका छन्। देशभर नयाँ र यूवा अनुहार उम्मेदवार हुनुपर्ने चर्चा चुलिएको आंकाक्षीमा नयाँ अनुहार धेरै देखिएका हुन्।

कर्णालीमा सबैभन्दा बढी स्थानीय तह रहेको दैलेखमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको छ। जसमा २०७४ मा एउटा प्रदेश सभा माओवादी बाहेक सवै क्षेत्रमा एमाले निर्वाचित भएको थियो। गंठबन्धन र एमाले एकअर्कामा प्रतिस्पधामा छन्। दुवै टिममा नयाँ अनुहारहरु आंकक्षी बढी देखिएका छन्। पुराना नेताहरुविरुद्ध यूवाहरुले गाउँगाउँमा मोर्चाबन्दी समेत गरेका छन्। गठबंन्धनको मुख्य दल काँग्रेसभित्र दैलेखमा धेरै उम्मेदवारहरु आंकाक्षी छन्। कुन क्षेत्र कसको भागबण्डामा पर्ने भन्ने लडाई अहिले पेचिलो बन्दै गईरहेको छ। एकिकृत समाजवादीले दैलेख निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यको दावी गरेको छ।

पूर्व प्रदेश सांसद अमरबहादुर थापाले टिकट पाए, एमालेका सांसद रविन्द्रराज शर्मा र धर्मराज रेग्मीमध्ये एक जना चुनावी मैदानमा होभिनेछन्। रेग्मी माओवादीबाट प्रदेश संसद हुँदै नेकपाबाट एमालेतिर लागेका थिए। क्षेत्र नम्वर  १ मा स्थानीय तहको नतिजा हेर्दा गंठबन्धन बलियो देखिन्छ। दुई प्रदेशमा काँग्रेस र माओवादीले दावी गरेका छन्। माओवादीले प्रदेश सभामा कुन क्षेत्र ताक्छ भन्ने अड्कल भइरहेको छ। प्रदेश सभा (क) मा गंठबन्धनबाट काँग्रेस उम्मेदवार कृष्ण कुमार विसी, नेत्र केसी, नगेन्द्रबहादुर मल्ल, खेमराज ओली, नरसिंह मल्ल र पूर्णबहादुर खत्री लगायत छन्। कृष्ण कुमार विसी यसअघि प्रदेश सभामा पराजित भएका थिए। एमालेबाट नन्दकिशोर बस्नेत, प्रेम खड्का, हिमालयजंग शाह रहेका छन्। सवै नयाँ अनुहार हुन्।

प्रदेश (क) मा बासना थापा, खेमराज केसी, बखत कटुवाल, मणीराम रेग्मी, गणेशप्रसाद उपाध्याय, भदे बुढामगर रहेका छन्। एमालेबाट रत्नबहादुर खड्का, तेजबहादुर चन्द, प्रेमबहादुर थापा लगायत आंकाक्षी रहेका छन्। यदि गठबन्धनबाट काँग्रेसको भागमा नपरेर माओवादीको भागमा परे, कर्ण बहादुर बस्नेत, प्रेम कटुवाल लगायतका नेताहरु आंकाक्षी छन्।

निर्वाचन क्षेत्र नम्वर २ को (ख) माओवादीले दावी गरेको छ। (ख) क्षेत्रबाट शुसिल रावत लगायतका नेताहरु प्रदेश सभा सदस्यको दावी गरेका छन्। एमालेबाट सुर्यबहादुर शाही, खड्कराज उपाध्याय, लक्ष्मी शाह, लगायत रहेका छन्। प्रदेश (क) मा काँग्रेसका यूवा नेता घनश्याम भण्डारी निविरोध एकल उम्मेदवार जस्तै देखिएका छन्। उनी यसअघि दुल्लुनगरपालिकाको नगर प्रमुख चुनिएका थिए। काँग्रेस जिल्ला सभापतीमा  झिनो मतले पराजित भण्डारी प्रदेश सांसदमा बलियो उम्मेदवार हुन्। एमालेबाट प्रदेश सभामा दुल्लु क्षेत्रबाट रुद्ध शाही, प्रेमबहादुर बुढा, सर्वराज महतारा, तिलक रिजाल लगायत आंकाक्षी रहेका छन्।

सबै प्रदेश सभामा पहिलो पटक आंकाक्षी देखिएका हुन्। निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यमा एमालेबाट राजबहादुर शाही, विष्णु रिजाल, शुसिल थापा सुर्यबहादुर शाही नयाँ अनुहार देखिएका छन्। त्यस्तै पुराना नेताहरुमा राजबहादुर बुढा, विनोद शाह, लक्ष्मी पोखरेलको नाम चर्चामा रहेको छ। गठबन्धनबाट काँग्रेसको भागमा पर्ने सम्भावना बढी छ। काँग्रेसबाट सिता राना, भुर्पेन्द्रबहादुर शाही, मातृका रिजाल, हिमबहादुर शाही, प्रेमप्रकाश शाही लगायतका नेताहरु आंकाक्षी छन्। हिमबहादुर शाही बाहेक सबै संघको सांसदमा चुनाव लड्ने नयाँ अनुहार हुन्। स्थानीय चुनावको मत हेर्दा गठबन्धन बलिया देखिन्छ।

दैलेख निर्वाचन क्षेत्र नम्वर १ मा स्थानीय तहको वडाअध्यक्षको मत हेर्दा नेपाली काँग्रेस २० हजार ३ सय ४४ मत, नेकपा एमाले १९ हजार ६१ मत, एकिकृत समाजवादी ५ हजार ५ सय १९ मत, नेकपा माआवोदी ३ हजार १ सय ७५ मत र राप्रपा ९ सय ७६ मत ल्याएका थिए। क्षेत्र नम्वर २ मा नेकपा एमाले २१ हजार ७६ मत, नेपाली काँग्रेस १९ हजार ७ सय ८६ मत, नेकपा माओवादी ५ हजार ७ सय ५५ मत, ८ सय ३० मत र राप्रपा ३ सय २१ मत रहेको छ।

त्यस्तै दैलेख जिल्लामा मतदान स्थलहरुको संशोधन गरिएको छ। जिल्ला निर्वाचन कार्यालय दैलेखले ४ वटा मतदानस्थल  सारेको छ। सारिएको मतदान मतदान केन्द्रहरु नारायण नगरपालिका –९ साडुुँ देउतीस्थानलाई ९ नम्वर वडा कार्यालय भवनमा, गुरासँ गाउँपालिका –१ रहेको महिला सामुदायिक भवनबाट वडा कार्यालय भवनमा, दुल्लुनगर पालिका –८ पौवाबाट हनुमान आधारभुत विद्यालयमा र भैरवी गाउँपालिका –४ वडा कार्यालय भवनलाई गौरी मावी बालेकाँडामा मतदान स्थल सारिएको निर्वाचन कार्यालय दैलेखले जनाएको छ।

३ वटा नयाँ मतदान स्थल थप गरिएको छ। आठविस नगरपालिका –३ स्थित नेरामावि कुमालखाडा जाक्सी, चामुण्डाविन्द्रासैनी नगरपालिका –१ पंचकोशी आवि पाल्त र नारायण नगरपालिका –८ दिपशिशु आवि सिमडामा नयाँ मतदान स्थल थप गरिएको हो। दैलेखमा २ हजार ५ सय ८८ मतदाता यो नयाँ थपिएका छन्। १ लाख ५८ हजार ४ सय ८९ जना मतदाता रहेका छन्।