☰ open Loading... 20 September 2024|  

देशभर ४८७ जनामा कोरोना संक्रमण
  | ९ भाद्र २०७९, बिहीबार ०५:०३

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप एक जनाको मृत्‍यु भएको छ । ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको हो ।

 

योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।