☰ open Loading... 4 October 2022|   मङ्लबार, अशोज १८, २०७९

नेकपा एस दैलेखद्वारा सङ्घ र प्रदेशको उम्मेदवारी सिफारिस
  |

नेकपा एकीकृत समाजवादी दैलेखले आगामी प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागी उम्मेदवारहरुको सिफारीस गरेको छ । आज दैलेख सदरमुकाममा वसेको एकीकृत समाजवादीको वैठकले निर्वाचनका लागी उम्मेदवारहरुको सिफारिस गरेको हो । जसअन्तरगत दैलेख निर्वाचन क्षेत्र नं. १ का वाट अम्मर वहादुर थापा, टेकवहादुर खाँण र पार्वती विशुन्केको नाम सिफारीस गरीएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (क) वाट मयाराम अधिकारी समानुपातिकमा रामसरा रेग्मी र भवानी प्रसाद ज्ञवाली तथा प्रदेश निर्वाचन क्षेत्र (ख) वाट जंगवहादुर शाही र समानुपातिकमा सावित्री मल्ल, प्रेमकुमारी वुढा र मनकुमारी सुनारको नाम सिफारिस गरिएको छ ।
यसैगरी वैठकले दैलेख निर्वाचन क्षेत्र नं. २ का लागी केशरसिंह माझीको नाम सिफारिस गरिएको छ भने दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र (क) वाट वरुनाथ योगी र प्रदेश निर्वाचन क्षेत्र (ख) वाट गोकणर् माझी, निरक वहादुर शाही र प्रेमा थापाको नाम सिफारिस गरिएको नेकपा एकीकृत समाजवादी दैलेखले जानकारी दिएको छ । सिफारिस गरिएका नामहरु प्रदेश कमिटिमा पठाईने नेकपा एकीकृत समाजवादी दैलेखका अध्यक्ष वरुनाथ योगीले वताए ।

!-- .entry-content --> प्रकाशित मितिः शुक्रबार, भदौ १०, २०७९     7:43:34 PM