☰ open Loading... 18 April 2024|  

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
  | १० भाद्र २०७९, शुक्रबार ०५:३२

दैलेख –दैलेखमा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं -४ की २९ वर्षीया ऐलिना रावललाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

रावलको अत्यधिक रक्तस्राव भएपछि ‘अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत बिहीबार हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

जिल्लामा गर्भवती महिला र  बच्चाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी रावलको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

लगातार लामो प्रसव व्यथा लागेपछि, बच्चा जन्मिन कठिनाई भएको, दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका वडा नं -७ मा रहेको स्थानिय मेडिकलमा प्रशुति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि उनको उद्धार गरेर सुर्खेत लगिएको हो ।हालसम्म दैलेखबाट मात्रै सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत २० जनाको उद्धार भइसकेको छ ।