☰ open Loading... 1 May 2024|  

थप ३२४ जनामा कोरोना संक्रमण
  | ११ भाद्र २०७९, शनिबार ०५:११

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

योसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।