☰ open Loading... 26 July 2024|  

महाधिवेशन प्रतिनिधि थापाले बादी महिलाहरुलाई खुवाईन् दर
  | १२ भाद्र २०७९, आईतवार २१:१८

 


दैलेख– गरगहना , मंहगा साडीसहित होटल, प्यार्टी प्यालेसहरु तामजामका साथ तिजको दर कार्यक्रम भईरहदा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि तथा समाजसेवी बासना थापाले दैलेख सदरमुकामस्थित नमुना बस्तीमा रहेका बादी महिलाहरुसंग दर खाएर बनाएकी छिन् ।

उनले होटल पार्क ईनमा नमुना बस्तीका १ सयभन्दा बढी महिलाहरुसंग संगै दर खाएर तिजको शुभकामना साटेकी हुन् । बादी महिलाहरुको माईती बनेर समाजसेवी थापाले आईतवार साँझ दर कार्यक्रम राखेकी हुन् । ज्याला मजदुरी गरेर घरखर्च चलाउँदै आएका बादी महिलाहरु उत्साहका साथ दर कार्यक्रममा सहभागी भएका थिए ।

क्याप्सन ः दैलेख सदरमुकाममा रहेको नमुना बस्तीका बादी महिलाहरुसंग दर खाने कार्यक्रम गर्दै समाजसेवी बासना थापा ।

आफ्नो समुदायसंग दर कार्यक्रम गरेर बासना दिदिले समुदायलाई नै खुसी दिनुभएको बादी समुदायको महिला अगुवा पव बादीले बताईन् । समुदायका प्राय महिलाहरु दरमा सहभागी भएको कमला बादीले बताईन् । बादी महिलाहरुसंगै पुरुष र केटाकेटीहरु पनि सहभागी भएर दर खाने कार्यक्रमसंगै नाचगान गर्न पाउँदा हर्षित भएको हिरा बादीले प्रतिक्रिया दिईन् । दर खाने कार्यक्रम नमुना बस्तीमा रहेका दिदि बहिनीसंग मनाएको समाजसेवी बासना थापाले बताईन् ।