☰ open Loading... 26 February 2025|  

निर्माण व्यवसायी सुर्खेतको अध्यक्षमा पदम खड्का विजयी
  | १३ भाद्र २०७९, सोमबार ०५:१५

सुर्खेत : नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्ष पदमबहादुर खड्का भारी मतले विजयी भएका छन्। निर्माण व्यवसायी नयाँ नेतृत्वका लागि आइतबारभएको निर्वाचनमा खड्काले १८६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको मतमा खड्काले १८६ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जिसीले ४९ मत प्राप्त गरेका छन्।

खड्का विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छन् l भ्याली मेरिडियन विद्यालयको संस्थापक समेत रहेका खड्का शिक्षाको क्षेत्रमा गरीब तथा निमुखा बालबालिका लागि छात्र वृत्ति सेवा पनि प्रदान गरिरहेका छन् l

दुई सय ८० मतदातामा दुई सय ४५ मत खसेको थियो। खड्का हेभी इक्युपमेन्टको राष्ट्रिय उपाध्यक्ष तथा निर्माण व्यवसायी एकता समाज सुर्खेतको बरिष्ठ उपाध्यक्षहुँदै आइतबार भएको निर्वाचनबाट निर्माण व्यवसायीको सुर्खेत अध्यक्ष बन्न सफल भएका छन्।