☰ open Loading... 27 February 2025|  

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ
  | १४ भाद्र २०७९, मंगलवार ०५:२६

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सोमबार एक समारोहका वीच आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरु नेकपा माओवादी केन्द्रका सांसद हुनुहुन्छ । माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएसँगै दुवै मन्त्रीले मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्तीका लागि सिफारिस गरेका हुन् ।

जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीको शपथग्रहणसँगै कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने ११ जना माओवादी प्रदेश सांसदमा एक जना उपसभामुख, एक जना गैर–सांसद मन्त्री गरेर जम्मा ११ जना मन्त्री बन्न सफल भएका छन् ।