| १८ भाद्र २०७९, शनिबार १९:५४
बिरेन्द्रनगर नगरपालिका वडा नम्बर -९ स्थित नागरिक उन्मुक्ति पार्टिको विशेष नगर भेलाबाट संयोजकमा रिधी बहादुर चौधरी सर्वसम्मत चयन भएका छन्।सचिवमा मानकुमारी चौधरी सर्वसम्मत चयन भएकी छन्।
शनिबार भएको पार्टीको विशेष नगर भेलाबाट चौधरी सहित ३१ सदस्य नगर कमिटी गठन भएको हो। नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र नम्बर- १ का निर्वाचित सांसद रेशम चौधरीको संरक्षणमा देशभरी संगठन विस्तार अभियान सुरु भएको छ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा नागरिक उन्मुक्ति पार्टि कर्णाली प्रदेशका इन्चार्ज महेन्द्र उपाध्याय उपस्थित थिए भने कार्यक्रम संचालन पार्टिका केन्द्रिय सदस्य सन्तोष कठरियाले गरेका थिए।