☰ open Loading... 7 September 2024|  

देशभर २३० जनामा कोरोना संक्रमण
  | २३ भाद्र २०७९, बिहीबार ०६:२४

काठमाडौं : बुधबार थप २ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३६ परीक्षणमध्ये २ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

 

यस्तै ७८ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको र थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यस्तै काठमाडौं उपत्यकामा ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा तीन, भक्तपुरमा चार र काठमाडौंमा ४२ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । अहिले सक्रिय सङ्क्रमितको संख्या २ हजार ५ सय ५ रहेको छ ।

 

यस्तै पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, मुगु र बझाङ रहेका छन् ।

 

यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय ८०, संस्थागत आइसोलेसनमा एक सय २५, सघन उपचार कक्ष (आइसियु)मा ३२ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । बुधबार कोरोना भाइरसविरुद्धको खोप एक लाख ६५ हजार २ सय ६ जनाले लगाएका छन् ।