☰ open Loading... 27 July 2024|  

प्रचण्ड र जनार्दन शर्माबीच मञ्चमै बाझाबाझ
  | २३ भाद्र २०७९, बिहीबार ०६:२६

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच एकै मञ्चमा बाझाबाझ भएको छ ।

 

आज काठमाडौंमा अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स घोषणा’ कार्यक्रममा अध्यक्ष दाहाल र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वबारे घोचपेच भएको हो ।

 

पार्टीको कार्यक्रममा उपमहासचिवले आफ्नो आलोचना गरेपछि अध्यक्ष दाहालले शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भुमिका रहेको दाबी गरे । शर्मालाई आफूले रक्षा र विकास गरेको दाबी समेत अध्यक्ष दाहालले गरे ।

 

अध्यक्ष दाहालले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताए । उनले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै आफू नै सबै चिज भएको दाहालले बताए ।

 

कार्यक्रममा अर्थमन्त्री समेत रहेका शर्माले विद्यार्थी संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्दै आलोचना गरे ।

 

अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरेपनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताए ।

 

जवाफमा अध्यक्ष दाहालले शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भुमिका रहेको बताए । कार्यक्रममा शर्माले आफूलाई उपमहासचिव बनाइएकामा पनि असन्तुष्टि पोखेका थिए ।