☰ open Loading... 19 September 2024|  

पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा
  | २६ भाद्र २०७९, आईतवार ०८:४२

 

यामराज बिष्ट
दैलेख। दैलेखको गुराँस गाउँपालिका वडा न- ४ रिठा र रतिखोला टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच पूर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सरसफाईका सबै सूचकहरु पूरा गरेपछि ४५ घरधुरी रहेको रिठा र रतिखोला टोल र एक विद्यालयलाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको एभेष्ट क्लबका दिलिप कुमार खड्काले बताए ।

 

 

वडास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति गुराँस गाउँ पालिका वडा नं– ४ को आयोजना र मुग्राखोला खानेपानी सेवा प्रदायक सस्थाको तथा एभेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा सञ्चालित समावेशी तथा दीगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाको सहजीकरणमा रिटा र रतिखोला टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको हो ।

कार्यक्रममा एसएनभी नेपालका जिल्ला सल्लाहकार राम प्रकास सिंहले यस टोल पालिकाको नै पहिलो पूर्ण सरसफाइ उन्मुख टोल घोषण गर्ने सफल भएकोले धन्यवाद ज्ञापन गरे।।

No description available.

 

 

यस्तै एभरेष्ट क्लब दैलेखका कार्यकारी निर्देशक कमल खड्काले हाम्रो सस्थाबाट खानेपानी तथा सरसफाइ सम्बन्धि सहयोग गर्ने सधैं तत्पर रहेको बताए ।

कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसिले गुराँस गाउँपालिकाको पहिलो पूर्ण सरसफाइ उन्मुख टोल घोषण गरिएको छ ।अब यसरी नै पालिका नै गर्ने उनले बताए ।वडावासी लगायत विभिन्न संघ संस्थालाई धन्यावाद तथा शुभकामना व्यक्त गरे । उनले यो भन्दा बढी अग्रसर भएर अगाडि बढ्न सबैमा आग्रह गरे ।

गुराँस गाँउपालिका वडा ४का वडाअध्यक्ष खड्क बहादुर शाहीले टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएको उनले बताए।यसका लागि सबैसँग आगमी दिनमा सबैसँग समन्वय र सहकार्य गरेर जाने उनले प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘सम्पूर्ण वडाबासीहरूले सहयोग गर्नुहोस्, यो वडा जिल्लाको नमूना वडा बनाएर देखाउने छौं ।’

 

कार्यक्रममा गुराँस गाँउपालिकाकी उपाध्यक्ष शिवा कुमारी खड्का र रतिखोलाका स्वास्थ्य प्रमुख डम्बर थापा गुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

 

कार्यक्रममा स्वागत मतब्य गुराँस गाँउपालिका वडा नं-४की वडा सचिब तारा कुमारी खाण  कार्यक्रम संञ्चालक सुनिता मल्लले गरेकी थिईन् ।