☰ open Loading... 25 November 2024|  

प्रदेश चुनावमा डाक्टर खगेन्द्र शाही बलिया उम्मेदवार
  | २७ भाद्र २०७९, सोमबार १२:०१

दैलेख – डाक्टर खगेन्द्र शाही प्रदेश सभा सदस्यको चुनावका लागि नेपाली काँग्रेस दैलेख क्षेत्र नम्वर १ (क) बाट बलिया उम्मेदवारका रुपमा रहेका छन् । उनीसहित अन्य नेताहरुको प्रदेश सभाका लागि पार्टी कार्यालयले सिफारिस समेत गरेको छ ।

पार्टीभित्र राजनितिलाई सेवा नभई पेशा बनाएका कारण बदनाम भईरहेका बेला डा.खगेन्द्र शाहीको प्रदेशले दैलेखमा नयाँ तंरग ल्याएको छ । राजनितिमा आफु सेवामुलक कार्य गर्नका लागि लागेको शाहीले बताए । २०७८ साल आश्विन महिनादेखि नेपाली काँग्रेस भगवतीमाई गाउँपालिकाको सभापतिको रुपमा काम गर्दै आएका छन् । भगवतीमाई, डुंगेश्वर र गुरासँ गाउँपालिका मिलेर क्षेत्र नम्वर १ को (क) प्रदेशका रुपमा रहेको छ ।

दैलेख जिल्ला तत्कालिन कट्टी गाउँ पञ्चायत हाल भगवतीमाई गाउँपालिकाको –५ चाख्ला, मलुकामा बुवा कटकबहादुर शाही र माता धनसरा शाहीको पाँचौ सन्तानका रुपमा बि .स. २०३१ साल पौष २१ गते नेता शाहीको जन्म भएको थियो । साधारण किसान परिवारमा जन्मेर ६ बर्षकै उमेर पिताको मृत्यु हुदाँ बाल्यकाल निक्कै कष्टमय तरिकाले बितेको थिए । उच्च बिचार र बौद्दिक क्षमताकी धनी र निडर शाहसी शोभाकी आमाका कारण प्रारम्भिक शिक्षा भगवती मा.बि. थुवाबाट शुरु गरि सुर्खेतको जीवन ज्योति माबिबाट २०५० सालमा प्रथम श्रेणीमा एस.एल.सी. उर्तिण गरेका थिए ।

आर्थिक अवस्था र पारिवारिक जिम्मेवारीका कारण बि.स. २०५० साल देखि नै अस्थायी, करार, स्थायी रोजगारीमा आवद्ध हुँदै पढाईलाई निरन्तरता दिई आएड र बिएड शिक्षा क्याम्पस सुर्खेतबाट र एम एड मध्यपश्चिम विश्वबिद्यालयबाट उर्तिण भए । शिक्षण पेशामा लामो समय विताएका शाही अवकाशसंगै खुल्ला राजनितिमा आएका हुन् । भारतको मध्य प्रदेशको श्री सत्य साई युनिभर्सिटी अफ टेक्नोलोजी एड मेडिकल साइन्सबाट पि.एच.डी. गरेका थिए । स्वच्छ छवि भएका शाही दैलेखमा आशाका रुपमा हेरिएको छ ।

सानै देखि निडर, हक्की स्वभाब भएका अन्यायका बिरुद्ध खरो प्रतिकारमा उत्रिन सक्ने स्वभावका कारण २०५७ सालमा माओबादीले गरेका गलत कार्यको बिरोध गर्दा माओबादीद्वारा कुटपिट गरि घाइते भइ बिस्थापित भइ सुर्खेत, काठमाडौंमा लामो समय बिस्थापित जीवन ब्यतित गर्नु परेको थियो । जन माबि बीरेन्द्रनगर सुर्खेतमा लामो समयसम्म शिक्षण पेशामा आबद्ध नेपाल शिक्षक संघको आजीवन सदस्य समेत रहेका शाही नेपाली रेडक्रसको आजीवन सदस्य रहेका छन् । डाक्टर शाहीसंगै कृष्णकुमार विसी, पूर्णबहादुर खत्री (चालिसे), नरसिंह मल्ल लगाएतको नाम सिफारिस भएको छ ।