☰ open Loading... 26 November 2024|  

डेंगुका बिरामी १३ हजार नाघे
  | १ आश्विन २०७९, शनिबार ०५:१७

काठमाडौंः नेपालमा डेंगुबाट संक्रमितको संख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

 

डेंगुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौंमा तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन् ।

 

यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङ्मा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । डेंगुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार नौ सय ७१ जना रहेका छन् ।

 

हालसम्म डेंगुको सङ्क्रमणबाट १३ जनाको निधन भइसकेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ ।